

जनकपुरधाम ।
क्रिश्चियनहरुले क्रिसमस मनाइरहेकै दिन हिन्दूहरुले तुलसी पूजन गरेको छ । जनकपुरधामको ठाउँ–ठाउँमा तुलसी पूजन गरिएको छ । २५ डिसेम्बरका दिन माता तुलसीको पूजा र उपासनाको लागि समर्पित रहेको छ । धार्मिक जानकारहरुका अनुसार तुलसीको पूजन गर्दा जीवनमा सुख, शान्ति र सौभाग्यको प्राप्ति हुने गरेको छ । यो दिन तुलसीको अगाडी घ्यूको दीप जलाउँदा मनोबाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।
हिन्दूहरुको हरेक घरमा तुलसीको वृक्ष रहने गरेको छ । तुलसीलाई प्रत्येक दिन पूजा गर्ने पनि परम्परा रहेको छ ।
तुलसी पूजन गर्दा धार्मिक मात्रै नभइ सामाजिक र पारिवारिक जीवनमा पनि गहिरो प्रभाव देखने गरिएको छ ।
केही विद्यालयहरुमा पनि विद्यार्थीहरुले तुलसीको पूजन गरेको छ । मोडर्न नेपाल इंगलिस स्कूलका छात्र रंजित मण्डलले विद्यालयमा रहेको तुलसीको वृक्ष नजिक विद्यालयका सबै विद्यार्थी मिलेर पूजा गरेको जानकारी दिए । उहाँले तुलसी पूजन हाम्रो विद्यालयको लागि उत्सव जस्तै बनेको बताए ।
केही स्थानमा आज तुलसी रोपण पनि गरिएको छ ।

