Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रक्सौलमा विमानस्थल निर्माणकालागि जग्गा उपलब्ध गराउन बिहार सरकार प्रतिबद्ध





जनकपुरधाम ।
भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित विमानस्थल निर्माण, आधुनिकीकरण र विस्तारका निमित्त आवश्यक जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।
‘प्रगति यात्रा’ मा रहेका मुख्यमन्त्री नितिश कुमारले मङ्गलवार विहारको मोतिहारी जिल्ला पुगेका बेला रक्सौल विमानस्थलको विकास र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हाल भारतको केन्द्रीय सरकारद्वारा विमानस्थलको आधुनिकीकरण र विस्तारका लागि विभिन्न चरणका काम भइरहेको छ ।
रक्सौल विमानस्थल निर्माणले नजिकको वीरगञ्जसहित सिङ्गो तराई क्षेत्रमा परिवहनका सम्भावना प्रखर बनाउने विश्वास गरिएको छ । नेपाल र भारत दुवै देशका नागरिकहरूले यस विमानस्थलको प्रत्यक्ष लाभ लिन सक्नेछन् । विशेष गरी, व्यावसायिक गतिविधि तथा आपत्कालीन सेवा सहज बनाउन यो परियोजना महत्त्वपूर्ण साबित हुनेछ ।
वर्तमानमा लगभग तिन सय एकड क्षेत्रफलमा निर्माणाधीन रक्सौल विमानस्थलको लागि आवश्यक थप एक सय २१ एकड जग्गा अधिग्रहणको प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको छ । राज्य र केन्द्र सरकारको सहकार्यमा रक्सौलको जिल्ला प्रशासनले यस सम्बन्धमा विभिन्न कार्यहरू सम्पन्न गरिरहेको छ ।