Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अब यी फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैनन्





एजेन्सी ।
तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने हुँदै छ ।
आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।
यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम
१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड÷आईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।
सामसङः ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।
मोटोरोलाः माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।
एचटीसीः वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।
एलजीः अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।
सोनीः एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।