Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तराधिकारीको चर्चा तीव्र बनेपछि दलाई लामाले भनेः म ११० वर्षसम्म बाँच्छु





एजेन्सी ।
तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ ।
यसैबीच दलाई लामाले आफू ११० वर्षसम्म बाँच्ने दाबी गरेका छन् । ८९ वर्षीय दलाई लामालाई गत जुनमा घुँडाको शल्यक्रियाका लागि न्युयोर्क लगिएको थियो । यससँगै दलाई लामाबिना तिब्बती बौद्धहरूको भविष्यबारे के होला भन्ने चर्चा तीव्र बनेको हो ।
तर, दलाई लामाले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका हुन् । समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरो सपनामा म सायद ११० वर्ष बाँच्नेछु ।
उनले आफ्नो घुँडा पनि निको भइरहेको बताएका छन्। दलाई लामाले भनेका छन्, ‘यो गम्भीर समस्या होइन ।’ उनले चीनले कसैलाई आफ्नो उत्तराधिकारी चुनेमा सम्मान नगर्ने चेतावनीसमेत दिएका छन् ।