

जनकपुरधाम ।
रौतहट स्थित चोरीको मोटरसाईकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का १९ वर्षीय आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् । चन्द्रपुर ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर आङगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो ।
पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट गएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा गत ५ गते वडा १० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाईकल बरामद गरेको डिएसपी राजकुमार राईले बताएका छन् ।
मोटरसाईकल संगै आरोपी आयुष चौधरीलाई पक्राउ गरी म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
