Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वीरगञ्जस्थित होटेल कलशमा एक पुरुष मृत फेला





वीरगञ्ज ।
वीरगञ्ज लिंकरोड स्थित होटल कलशमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १७ का ६५ वर्षीय संतसाह तुरहा आज विहान मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालका अनुसार तुरहा सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
मृतकको शरिरमा कुनै किसिमको चोटपटकको संकेत देखिएको छैन । होटल कलशका सञ्चालक कुबेर कार्कीका अनुसार संतसाह तुरहा सोमबार साँझ ४ एक महिलासँगै दम्पति भनेर कोठा लिए ।
“संतसाह विरामी थिए ।” उनको चेकजाँजका लागि वीरगञ्ज आएको होटललाई जानकारी दिएको होटल सञ्चालक कार्कीले बताए । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक एकल पुरूष रहेको खुलेको छ ।
तुरहाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।