Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्य स्थिर, चाँदीको मूल्य १० रुपैयाँ महँगियो





काठमाडौं ।
मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ तोकेको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँले महँगिएको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी यस दिन १८०५ रुपैयाँ पुगेको छ ।