Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नविल बैंकको जनकपुर शाखाका तत्कालिन प्रमुख किशोर साह ठगी आरोपमा पक्राउ





जनकपुरधाम ।
नविल बैंकका तत्कालीन शाखा प्रमुख किशोर साह पक्राउ परेका छन् । जनकपुरधामस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुख साह ठगी आरोपमा पक्राउ परेका हुन् ।
साहलाई धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत, सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान शुरु गरिएको छ । उनीमाथि १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको हो । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ ।
गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका–४ की सोमिन्द्राकुमारी साहले २०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नुआगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छिन् ।
नेपाल बंगलादेश बैंक र नविल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नविल बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका साह पछिल्लो समय जनकपुरधास्थित शाखा प्रमुखका रूपमा काम गर्दै आएका थिए ।