Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवि लामिछानेमाथीको संकट गहिरिदै, डाकियो सचिवालय बैठक





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार अपरान्ह बस्दै छ । अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको रास्वपा उपसाभापति डोलप्रसाद अर्याल (डीपी)ले बताए ।
यस बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध करोडौं बिगो दाबीसहित रिट भएको मुद्दाको विषयमा छलफल हुने छ । गत कात्तिक २ लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन ।
यस्तै संसदीय दलको बैठक पनि बस्न सकेको छैन । संसदीय दलको नेता लामिछाने नै भएकाले रास्वपाले कसलाई बनाउने निर्णय गर्ने सकेको छैन । यस बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ । सचिवालय बैठकका लागि रास्वपा उपसभापति अर्याल अहिले पोखराबाट काठमाडौं आउन लागेका छन् ।
यस्तै अर्का उपसभापति स्वर्णिम वाग्ले वीरगञ्जमा छन् । उनी पनि काठमाडौं आउन सक्ने बताइएको छ । यस्तै, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद शिशिर खनाल पोखराबाट काठमाडौंमा आउन लागेका छन् । आइतबार पोखरा पुगेर सभापति लामिछानेसँग उनीहरूले छलफल गरेका थिए ।
रास्वपाको विधानमा कार्यवहाक सभापति उपसभापतिमध्ये जेष्ठताका आधारमा दिने भनिएको छ । यसरी हेर्दा स्वर्णिम वाग्ले डीपी भन्दा सिनियर हुन् । स्रोतका अनुसार तर उनले कात्तिक ९ गते बसेको ससचवालय बैठकमा आफू कार्यवहाक सभापति हुने इच्छा जाहेर गरेका थिएनन् ।
यस्तै, संसदीय दलको नेता विधानअनुसार विराजभक्त श्रेष्ठले पाउन सक्नेछन् । रविविरुद्ध तीनवटा मुद्दामा रिट दर्ता भएपछि सांसद पद निमल्बन हुने पत्र जिल्ला प्रहरी कार्यालय कास्कीले ससंद् सचिवालयलाई लेखेको थियो । त्यसलाई रास्वपाले प्रतिशोध साँधेको आरोप लगाइरहेको छ । संसद् सचिवालयलाई पत्र लेख्ने कामलाई हतारको निर्णय गरेको भन्दै रास्वपा नेताहरूले विरोध गरिरहेका छन् ।