

जनकपुरधाम ।
रौतहटमा पछिल्लो १ वर्षको अवधिमा मानव अधिकार उल्लंघनका ५६५ वटा घटना भएको एक प्रतिवेदनले देखाएको छ । जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अवधिमा ती घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा आइतबार गरुडा नगरपालिकाको सभा हलमा रौतहट इन्सेककी प्रतिनिधि गौरी न्यौपानेले प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । बाल अधिकार अन्तर्गत बलात्कार ,यौन दुर्व्यवहार, महिला अधिकार अन्तर्गत वैवाहिक बलात्कार, बलात्कार र यौन दुर्व्यवहारका घटनाहरू जातीय छुवाछूत, बोक्सीको आरोप, कुटपिट, अमानवीय व्यवहार, गोली प्रहार, परिवारजनबाट हत्या , अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुत्साहन पत्रकार माथि कुटपिट तथा दुर्व्यवहार गरि कुल ५६५ घटनाहरू भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
