Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

देवघरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन, जनकपुरधामका डा. राजीव झालाई ‘मिथिला रत्न’ सम्मान





देवघर (झारखण्ड) ।
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन एक विशेष समारोहका बीच भारतको झारखण्डको देवघरमा सम्पन्न भएको छ । सो सम्मेलनमा मैथिली भाषा, कला संस्कृतिको विकासको सम्बन्धमा छलफल भएको छ । मैथिलीको विकासका लागि आमजनमा विशेष अभियान चलाउने समेत निर्णय भएको छ ।
समारोहमा जनकपुरधामका डा. राजिव झालाई सामाजिक कार्यमा महत्वपूर्ण योगदानका लागि ‘मिथिला रत्न’ सम्मानले सम्मानित गरिएको छ । क्लोथ बैंक नेपाल र खुला सीमा संवाद समूहका अध्यक्ष डा. झालाई यो सम्मान मिथिलाञ्चलको सामाजिक सेवा र मानवताका क्षेत्रमा पु¥याएको योगदानका लागि प्रदान गरिएको हो ।
क्लोथ बैंकले गरीबहरुलाई निःशुल्क कपडा वितरण गर्ने गरेको छ । कोबिडको समयमा निशुल्क औषधि, अक्सिजन सिलिन्डर, अक्सिजन कन्स्ट्रक्सन उपलब्ध गराउनु, डाक्टरहरूको टोलीमार्फत निशुल्क सेवा पु¥याउनु लगायतका कार्य गरेको थियो । अध्यक्ष झाले सीमावर्ती क्षेत्रका समस्याहरू समाधान गर्ने पहल र नेपाल–भारतको खुला सीमानाका पक्षमा पनि निरन्तर कार्य गर्दै आएको छ ।
मैथिली कला संस्कृतिको विकासमा पनि झाले निरन्तर कार्य गर्दै आएको छ । प्रत्येक वर्ष होली मिलन समारोहको नाउँमा जनकपुरधाममा व्यंग्यात्मक कवि गोष्ठी, नेपाल भारतका कविहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय कवि सम्मेलन, मिथिला माध्यमिकी परिक्रमाको सम्बन्धमा तीन चोटी विशेष सम्मेलन गरेको छ ।

सम्मान समारोहमा बिद्यापति सेवा संस्थानका अध्यक्ष डा. बैद्यनाथ चौधरी ‘बैजु बाबू’ले डा. राजीव झाको अथक प्रयास र समर्पणको प्रशंसा गर्दै उनको समाजसेवाले स्थानीय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए । विशेषगरी गरीबी निवारण, कोभिड महामारीको बेला झाले ज्यान प्रवाह समेत नगरी कार्य गरेको समेत उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा बैधनाथधामका सरदार पण्डा, बैद्यनाथ पण्डा, धर्म रक्षणी महासभाका महासचिव, झारखण्ड सरकारका पूर्व मन्त्री राज पलिवार, बेनिपुर विधान सभाका विधायक बिनय कुमार चौधरी ,सिएम साइन्स कलेज दरभंगाके प्रीन्सपल दिलिप चौधरी, चर्चित कवि चन्द्रमोहन झा ‘पड़वा’, प्राध्यापक चन्द्रशेखर झा (बुढ़ा भाइ), तथा अन्य प्रबुद्ध व्यक्ति, पत्रकार, सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
डा. राजीव झाले सम्मान ग्रहण गर्दै यो उपलब्धि आफ्नो आमा, बुवा, श्रीमती सोनी देवी झा, छोरा छोरी दाइ, भाउजू, भाइ,बुहारी एबं समस्त परिवार, संस्थाका सम्पूर्ण पदाधिकारी र शुभचिन्तकहरूको सहयोगको परिणाम भएको बताए । साथै, उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।