

जनकपुरधाम ।
मोडेल कलेजको आयोजनामा एकदिवसीय विज्ञान प्रदर्शनी जनकपुरधाममा सम्पन्न भएको छ । सो प्रदर्शनीमा ३५ वटा विज्ञानसँग जोडिएको सामग्रीहरु बनाएर विद्यार्थीहरु प्रस्तुत गरेका थिए ।
समापन अवसरमा प्रमाणपत्र वितरण गर्दै मोडेलका संस्थापक वीरेन्द्र साहले जनकपुरधामबाट वैज्ञानिक थोकमा बनाउने आफूहरुको लक्ष्य रहेको बताउनु भयो । विज्ञान प्रदर्शनीले विद्यार्थीहरुको मनोबल बढाएर ठूलो लक्ष्य तर्फ अग्रसर गराउने हाम्रो ठहर रहेको छ उहाँले बताउनुभयो ।
पहिला पनि मोडेलले विज्ञान प्रदर्शनी गरेको छ तर अहिले लगातार ३ वर्षदेखि प्रदर्शनी गर्दै आएको जानकारी दिदै उहाँले भन्नुभयो – प्रत्येक वर्ष यसमा विविधता ल्याउने पनि चाहना रहेको छ ।
यस्ता प्रदर्शनीले मोडेलका छात्र मात्र नभइ यो क्षेत्रको विद्यार्थी लाभान्वित हुने पनि आफूहरुको लक्ष्य रहेको उहाँको कथन थियो ।
एउटा अर्को प्रसंगमा मोडेल कलेजको प्रागंणमा मोडेल खबर र मोडेल पोडकास्ट शुरु भएको जानकारी दिदै संस्थापक साहले भन्नुभयो – आमसञ्चार मिडिया भएपनि शिक्षलाई केन्द्रमा राखेर हाम्रो मिडिया टीम काम गरिरहेको छ ।
मोडेलका शिक्षक डा. विनोद साहले प्रदर्शनीको एउटा शिक्षकको रुपमा आफू संयोजन गरेपनि विद्यार्थीहरुको कडा परिश्रमले यस्तो महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।
समारोहमा डा. श्यामप्रसाद महतो, प्राध्यापक अनिल साह, मोडेल खबरका सम्पादक सुजीतकुमार झा, रेमन्त मरबैता, दिपक मण्डल, विजय ठाकुर, रवि रोशन, सुरेन्द्र ठाकुर, रुद्रनारायण ठाकुर, रोशन सिंह, रामवहादुर साह, देवनारायण मण्डल, विद्यार्थीहरुको तर्फबाट श्रृजना भारद्वाज, दीपिका कर्ण, महिमा यादव, रुपेश अधिकारी लगायतले बोल्नु भएको थियो ।

