Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेलाई कारबाही गर्न मधेशी आयोगको पत्राचार





काठमाडौँ ।

मधेशी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि सामुहिक रुपमा प्रहार भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई यथाशिघ्र पहिचान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

आयोगले आइतबार प्रहरी प्रधान कार्यालयलाई एक पत्र पठाउदै जनकपुर बोल्ट्सका समर्थकमाथि हातहतियार प्रयोग गरी घाइते बनाउने तथा सामाजिक संजाल मार्फत नश्लीय र रंगभेदी शब्द प्रयोग गर्ने अराजक तथा उदण्ड समुहको तुरन्त पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले यस्ता साम्प्रदायिक तथा सामाजिक सदभाव माथि खलल पुर्याउने घटनाले मधेशी समुदाय प्रति अन्य समुदायको दृष्टि कस्तो रहेको भन्ने कुरा उजागर गरेको बताए । अध्यक्ष डा दत्तले यस्ता घटना प्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभए सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकास माथि नकारात्मक असर समेत पर्ने बताए ।

आयोगका सदस्य जीवछ साह सहितको उच्चस्तरीय टोलीले घटनास्थलको स्थलगत निरीक्षण तथा घाइतेहरु संग घटनाको विस्तृत विवरण बुझी अगाडी आयोगले अगाडी अझ सशक्त निर्णय लिने अध्यक्ष डा दत्तले जानकारी दिए ।