Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर बोल्ट्सले एनपीएल जितेको खुशियालीमा साधुसन्तका लागि भण्डाराको आयोजना





जनकपुरधाम ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधिमाथी जनकपुर बोल्ट्सले कब्जा जमाएको खुशियालीमा जनकपुरधाममा साधुसन्तका लागि भण्डाराको आयोजना गरिएको छ । शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपीएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो ।
जनकपुर बोल्ट्सले एनपीएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए । यस अघि कमिटीले शनिबार जनकपुर बोल्ट्सको जीतको कामना सहित विभिन्न मठ मन्दिरमा पूजा अर्चना समेत गरेको थियो ।