Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्व. मकेश्वर प्रसाद सिंहको १४औं स्मृति दिवस सम्पन्न, गीतकार दत्त सम्मानित





जनकपुरधाम ।
विकास पुरुष स्व. मकेश्वर प्रसाद सिंहको १४औं स्मृति दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भयो ।
सो अवसरमा मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कार चर्चित गीतकार अशोक दत्तलाई प्रदान गरिएको छ । पुरस्कारमा नगद रू. ७५सय, दोसल्ला र सम्मानपत्र रहेको छ । दत्तको साहित्यिक योगदानको लागि सम्मानित गरिएको छ ।
दत्त क्यान्सर रोगबाट पीडित रहेका छन् ।
समारोहमा पूर्व मन्त्री रामकृष्ण यादव, प्रदेश सांसद रामआशिष यादव, पूर्व मेयर बजरंगप्रसाद साह, समाजसेवी प्रकाशचन्द्र साह र अमर चन्द्र अनिल लगायतले स्व. सिंहको विकास कार्य र समाजप्रतिको योगदानको चर्चा गरेका छन् । संस्थाका अध्यक्ष रीतेश सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमार दीक्षितले दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव दीपेन्द्र सिंहले गरेका छन् ।