

जनकपुरधाम ।
जनकपुर बोल्ट्सले एनपीएलको फाइनल मैचको १२औँ ओभरमा पहिलो विकेट पाएको छ । बोल्ट्सले सुदुरपश्चिमको सैफ जैबको रुपमा पहिलो विकेट पाएको हो । जैब ६७ रन बनाएर किशोर महतोको शिकार भएका छन् । १२औँ ओभरको किशोर महतोको अन्तिम बलमा ललित राजवंशीले कैच गर्दै जैबलाई पभेलियनको बाटो देखाएका हुन् ।
