

जनकपुरधाम ।
नेपाल प्रिमियर लिगको जारी फाइनल खेलमा सुदूरपश्चिमविरुद्ध जनकपुर बोल्ट्सले लगातार दुई ओभर मेडेन राखेको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलो ओभर राम्रो खेले पनि त्यसपछि जनकपुरले कसिलो बलिङ गरेको हो । जनकपुरका हर्ष ठाकरले चौथो र ललित नारायण राजवंशीले पाँचौँ ओभरमा कुनै पनि रन दिएनन् ।
फाइनल भिडन्तको पहिलो इनिङको पावरप्ले सकिँदा सुदूरपश्चिमले विना विकेट क्षतिमा ४८ रन बनाएको छ ।
