Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कार्यपालिका बैठक लाइभ गर्नुपर्ने माग गर्दै एमालेका वडाध्यक्षहरुले गरे बैठक बहिष्कार

शिवशंकर साह हिरा भन्छन्ः भ्रष्टाचार ढाकछोप गर्न नगरप्रमुख लाइभ गर्न हच्किए





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका बैठक एमालेका वडाध्यक्षहरुले बहिष्कार गरेका छन् । बैठक लाइभ गरिए सहभागी हुने नभए बहिष्कार गर्ने भन्दै एमालेका वडाध्यक्षहरु बैठकबाट बाहिरिएका हुन् ।
एमालेका वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि अन्ततः ५ महिनापछि कार्यपालिकाको बैठक डाकिएको थियो । यद्यपि नगरप्रमुख मनोजकुमार साह कार्यपालिका बैठकको लाइभ गर्न नदिने अडान लिएपछि एमालेका वडाध्यक्षहरु बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् । यता बैठक भने एमालेका वडाध्यक्षहरु बिनै जारी छ ।
नगरप्रमुख साहले आफूहरुकै दवाबमा कार्यपालिका बैठक डाकेको भएपनि हामीले राखेको मागमा उनले गम्भिरता नदेखाएपछि कार्यपालिका बैठक छोडेर बाहिरिनु परेको वडा नम्बर ८का वडाध्यक्ष दिनेश सिंहले बताए । उनले भने ‘सुमन कार्की प्रशासकीय अधिकृत हुँदा नै कार्यपालिका बैठक लाइभ गर्नुपर्ने सहमति भएको थियो, तर नगरप्रमुख मनोजकुमार साह बहुमतको दम्भमा सहमतिलाई लत्याएका छन् ।’ कार्यपालिका बैठक लाइभ गर्ने वातावरण नबनेसम्म हामी कार्यपालिका बैठकमा सहभागी हुँदैनौँ वडा सिंहले अडान दोहराए ।
यता जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा निकटतम प्रतिस्पर्धी रहेका शिवशंकर साह हिराले नगरप्रमुख साहले बहुमतको दम्भमा हामीलाई बहिष्कार गर्ने वातावरणको निर्माण गरेको आरोप लगाए । उनले जनकपुरधाम उपमहानगरपालिकामा हुँदै आईरहेको भ्रष्टाचारलाई ढाकछोप गर्नकालागि कार्यपालिकाको बैठक लाइभ गर्नबाट पन्छिरहेको समेत बताए । उनले हाम्रो माग पूरा नगरिए चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिए ।