

जनकपुरधाम ।
चर्चित लेखक अवधेश पोखरेलको व्यंग्य संग्रह ‘जीवनका रंगहरु’को लोकार्पण आज एक समारोहका बीच सम्पन्न भएको छ । मधेश प्रदेशका भैतिक पूर्वाधार मन्त्री सरोज यादवले सो पुस्तकको लोकार्पण गर्नु भएको छ ।
रामानन्द युवा क्लवको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा लोकार्पण भएको सो पुस्तकको प्रकाशन डा. राजेन्द्र विमल प्रतिष्ठानले गरेको छ । १४० पृष्ठको सो पुस्तकमा १७ वटा व्यंग्य लेख रहेको छ ।
पोखरेलको यो पाँचौ पुस्तक रहेको छ । यसअघि मैथिली भाषामा चार वटा पुस्तक प्रकाशित रहेको छ । चारवटै नाटक रहेको थियो । नेपालीमा उहाँको पहिलो कृति रहेको छ ।
लोकार्पण गरिएको पुस्तक माथि टिप्पणी गर्दै पत्रकार सुजीतकुमार झाले जीवनका रंगहरुको माध्यमले लेखक पोखरेलले समाजको विविधतायुक्त चित्रलाई गजब लेखनले पस्केको बताउनुभयो ।
जीवनका विविध रंगहरुको यर्थात दृश्यावलोकन पुस्तकमा कतै निबन्धात्मक कथाको मिठास, कतै कथात्मक निबन्धको बान्की, कबतै कवितात्मक लबजका बाणी, कतै नाटकीय संवादको शैलीको समीश्रणले जीवनका रंगहरभित्रको आनन्द पुरै लेखमा रहेको छ ।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष शशिभूषण झा ‘आशुतोष’ले गरेका थिए ।

