Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामानन्द युवा क्लवको वार्षिकोत्सवमा ३ जना श्रष्टा सम्मानित

सम्मानित हुनेमा अवधेश, विजेता र हरिशंकर





जनकपुरधाम
रामानन्द युवा क्लवको वार्षिकोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रका ३ जना श्रष्टालाई सम्मानित गरिएको छ । कबडी र भारतोलनका राष्ट्रिय खेलाडी रहि सकेका अवधेश पोखरेल जनकपुरियालाई चन्द्रकला वशिष्ट स्मृति खेल पुरस्कार, मैथिली साहित्यका चर्चित व्यक्ति विजेता चौधरीलाई विद्यापति स्मृति पदक र मैथिलीका प्रसिद्ध गायक हरिशंकर चौधरीलाई सरस्वती राजनारायण कला पुरस्कार प्रदान गरिएको छ । तीनटै पुरस्कारको राशी २१–२१ हजार रुपैया रहेको छ ।
मधेश प्रदेशका भैतिक पूर्वाधार मन्त्री सरोज यादवले तीनटै पुरस्कार प्रदान गर्नुभएको छ ।
पुरस्कारमा नगदराशी, प्रशस्तीपत्र र दोसल्ला रहेको थियो । पुरस्कार छनौट समितिका संयोजक जीवनाथ चोधरीले आफना क्षेत्रका तीनैजना दिग्गज रहेकाले छनौटमा आफूहरुलाई कुनै समस्या नभएको बताए ।
प्रशस्तीपत्र पूर्व अध्यक्ष द्वय अशोक दत्त र नवीनकुमार मिश्रले पढेका थिए । पुरस्कार पाएपछि आफनो मन्तव्य राख्दै अवधेश पोखरेल जनकपुरियाले आफनै संस्थाले पुरस्कार दिदा झन गौरवान्वित भएको बताए । जनकपुरिया रामानन्दको अध्यक्ष रहि सकेका छन् ।