Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्साको बहुदरमाई नगरपालिकाको कागजातमा विद्यार्थीले गरे आगजनी





जनकपुरधाम ।
पर्साको बहुदरमाई नगरपालिकाको कागजात बाहिर निकालेर आगो लगाईएको भिडियो सार्वजनिक भएको छ । आन्दोलनरत विद्यार्थीहरुले नगरपालिकाको कार्यालय भित्र पसेर सरसमानको तोडफोड गर्दै कागजातमा आगो लगाएका हुन ।
नगर प्रमुख सिंगासन सा तेलीले कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालन गर्न नदिँदा नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायत विकासको काम समेत अवरुद्ध भएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु तथा नगरपालिकाका कर्मचारीहरुले समेत तलब पाएका छैनन् । तलब नपाएपछि सामुदायिक विद्यालयको पठनपाठनमा समेत प्रभाव परेको छ । विद्यालयमा पठनपाठन बन्द भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
आन्दोलित विद्यार्थीहरुले नगरपालिका भित्र पसेर कागजातसहित केही फर्निचर लगायतका समान बाहिर निकालेर आगो लगाएका छन् । आगो लगाइएको भिडियो समाजिक सञ्जालमा तिब्र रुपले भाईरल भईरहेको छ ।