

जनकपुरधाम ।
विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।
दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो उनको पहिचान भने हुन सकेको छैन ।
धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो ।
घटनाको प्रकृति हेर्दा ईंटा प्रहार गरी र पिलरमा ठोकेर हत्या गरेको जस्तो देखिन्छ । घटनास्थलमा रक्सीका बोतल पनि भेटिएको छ ।
घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
