Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपीएलको उपाधीकालागि जनकपुर बोल्ट्स र सुदुरपश्चिम भिड्ने

क्वालीफायर २मा कर्णाली पराजित





काठमाडौं ।
सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।
बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।
यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततः फाइनलका प्रतिस्पर्धी भएका हुन् । यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो । तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला वा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवारको फाइनल नै कुर्नुपर्नेछ ।
सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । प्लेअफमा पनि पहिलो खेल हारेको जनकपुरले अर्को खेल जित्यो ।
सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग ग¥यो । कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा पराजित गरेको हो ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको थियो । जनकपुरका लागि नाकय बनेका जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए । कर्णाली याक्सका युवा स्पीनर विपिन प्रसाद शर्माले ३ विकेट लिएका थिए ।