

जनकपुरधाम ।
सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणमा परेर मृत्यु भएको छ ।
कोशी टप्पुबाट आएको अर्नाको आक्रमणमा परेर हनुमाननगर कंकालिनी नगरपालिका–९ का शुभेलाल मण्डलको मृत्यु भएको हो । बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सपतरी प्रहरीले जनाएको छ ।
