Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल पत्रकार महासंघ धनुषाका नवनिर्वाचित पदाधिकारीहरुले गरे पदभार ग्रहण





जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ धनुषाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा निर्वाचित पुरन साह नेतृत्वको महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बुधवार एक कार्यक्रमका बीच शपथ ग्रहणपछि पदभार औपचारिक रूपमा सम्हालेका हुन् ।
प्रमुख निर्वाचन अधिकृत बिएम खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाण पत्र प्रदान वितरण गरेका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष पुरन साहले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नेपाल पत्रकार महासंघ धनुषालाई नयाँ उचाइमा पुर्याउन हामी एकजुट भएर काम गर्नेछौं । पत्रकारिताको मर्यादा र जनताको आवाजलाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ ।”
नवनिर्वाचित अध्यक्ष साहलाई निवर्तमान अध्यक्ष मनिका झाले कलम हस्तान्तरण गर्दै महासंघमा स्वागत गरेका थिए ।