

जनकपुरधाम ।
विद्यालय बाहिर रहेका बालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउनु आवश्यक रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । दिव्य विकास श्रोत केन्द्रको आयोजनामा सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत आयोजित बालिका तथा समावेशी शिक्षा संजाल गठन अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले कोही पनि बालिका शिक्षाको मूलधारमा आउनबाट बञ्चित हुनु हुँदैन बताए ।
कार्यक्रमको अध्यक्षता गरेका जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिला शिक्षित भए पूरै समाज शिक्षित हुने भएकाले बालिका शिक्षामा जोड दिनु आवश्यक रहेको बताए । महिला शिक्षित भए बालविवाह समेत न्युन हुँदै जानेछ उनको भनाई थियो । उनले भने ‘पुरुष शिक्षित भए आफै उ व्यक्तिगत शिक्षित हुन्छ, महिला शिक्षित भए पूरै समाज शिक्षित हुन्छ त्यसैले बालिकाहरुलाई शिक्षित बनाउने गरी ल्याइएको शिक्षा नीति अनुरुप कदम चाल्नु पर्छ ।’
कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, जनकपुरधाम उपमहानगरको शिक्षा शाखाका अञ्जु पाण्डे तथा धिरेन्द्र कर्ण, बाल क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
