Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपाद्वारा केन्द्रीय समिति विस्तार, ८ जना मनोनित





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका छन् । अब लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।
मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।
लोसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ गते हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिएको छ ।
सदस्यता वितरण अभियानको पनि समय थप गरेको छ । जिल्ला तथा पालिका तहमा अधिवेशनका लागि निर्देशिका तयार गर्ने काम पनि भइरहेको छ ।