Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालले जिल्लादेखि स्थानीय तहसम्मको अधिवेशन कार्यतालिका तोक्यो





काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।
हालै बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए । सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन बैठकले २०८१ चैत्र मसान्तभित्रसम्पन्न गरिसक्नुपर्ने उनले बताए ।
सातै प्रदेश समिति र राष्ट्रिय समितिहरुको आगामी २०८२ बैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानले व्यवस्था बमोजिम गरेको हुनुपर्ने भनिएको छ ।
पार्टीसम्बद्ध भ्रातृसंगठनहरुलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ बैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए । अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृसंगठनका केन्द्रीय समितिलाई भंग गरी नयाँ प्रक्रियाबाट कार्यको थालनी गरिने जनाइएको छ ।
राष्ट्रिय महाधिवेशन सम्पन्न गरी जसपा नेपालले मातहत समिति र भ्रातृ संगठनको अधिवेशन गर्ने कार्यलाई अगाडि बढाएको छ ।