Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक





काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट mfd.gov.np ह्याक भएको छ । मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गएरातिदेखि वेबसाइट ह्याक भएको जानकारी दिइन् ।
‘गएरातिदेखि हाम्रोे बेवसाइट ह्याक भएको छ’, सोमबार बिहान उनले भनिन्, ‘हाम्रो आईटी सेक्सनबाट बनाउने प्रयास भइरहेको छ ।’ समय समयमा यस्तो हुने गरेको उनले बताइन् ।
महाशाखाले mfd.gov.np वेभसाइटबाट दैनिक मौसमबारे जानकारी दिन्थ्यो । तर आज बिहानदेखि यो खुलेको छैन । तर महाशाखाको नयाँ बेवसाइट mfd.gov.np भने सञ्चालनमै रहेको जानकारी मौसमविद् मानन्धरले दिइन् ।