Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पोखरामाथी काठमाडौँकौ फराकिलो जीत





काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए ।
भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए ।
दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए । गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए ।
यो जितसँगै काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै गएको छ । ६ खेलमा ६ अंक जोडेको काठमाडौंले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
उक्त खेलमा ठूलो अन्तरले जित निकालेमा काठमाडौं प्लेअफमा पुग्नेछ । अन्तिम खेलमा चितवन पराजित भएमा भने काठमाडौंलाई जित पनि प्लेअफको यात्रा तय गर्नेछ । काठमाडौंसँग पराजित भएको पोखराको भने प्लेअफमा पुग्ने सम्भावना झिनो बनेको छ ।
६ खेलमा २ जित निकालेको पोखरा सातौं स्थानमा छ । पोखरालाई अन्तिम खेलमा ठूलो जितले मात्र पुग्नेछैन । अन्य टिमको ठूलो हार पनि आवश्यक पर्नेछ ।