Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँको तापक्रम २ डिग्री सेल्सियस





 

काठमाडौँ ।
आज काठमाडौँको तापक्रम सबभन्दा न्युन रहेको छ । काठमाडौँको तापक्रम यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८ः४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि, काठमाडौँमा शुक्रवार ३.१ डिग्री सेल्सियस र बिहीबार ३.९ डिग्री सेल्सियस तापक्रम थियो । पछिल्लो समय काठमाडौँसहित देशभर तापक्रम घट्ने क्रम जारी छ ।
जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस रहेको छ । बिहान ९ बजे पोखरामा ५.६ डिग्री सेल्सियस रहँदा जनकपुरको न्यूनतम तापक्रम भने ८.६ डिग्री सेल्सियस रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको मौसम विभागले जानकारी दिएको छ ।
विभागले दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।