Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टुकुचाको दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग





काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरुले राजधानि काठमाडौँको मध्यभाग भएर बग्ने टुकुचाको दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग गरेका छन् ।
टुकुचा किनारको दायाँबायाँ कमतिमा चार/चार मिटरको कोरिडोर निर्माण गर्दा राजधानिमा भईरराखेका सवारि जाम कम हुने काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ बताउँछन् । टुकुचाको करिब ६२० मिटर लम्बाई काठमाडौँ महानगरपालिका–२ मा पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीले माग गरिरहेका बताएका हुन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि टुकुचाको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार/चार मिटरको मापदण्ड तोकेको छ । महानगरपालिका–२लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब एक सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उनले जानकारी दिए ।
नदी किनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएको छ देखि सात वटा घरलाई भत्काउनुपर्ने वडा अध्यक्ष श्रेष्ठ बताउँछन् । ६२० मिटर लम्बाई क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि बेला बेलामा सार्वजनिक हुने गरेको छ ।
वाड नं ११ का वडाध्यक्ष हरिलाल तण्डुकारले नदी सभ्यता बचाउने सन्दर्भमा स्पष्ट नीति नभएकैले राजधानीको मध्यभाग भएर बग्ने टुकुचा धेरै फोहर भएको बताएका हुन् । राजधानीका नदीमा तीनै तहका सरकार मिलेर कोरिडोर निर्माण गर्न सके भने नदी सफाइका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
बागमती, रुद्रमती (धोबीखोला), विष्णुमती, मनोहरालगायत नदी किनारमा बनेको कोरिडोरले सहज यातायात सुविधा दिएको छ । कोरिडोर निर्माण भएकै कारण नदीमा फोहर फाल्नेहरु समातिएर कानुनी कारबाहीको दायरामा परेको बागमती सफाइ अभियानकर्मी गोविन्द काफ्ले बताउँछन् । टुकुचाको सफाइका लागि पनि कोरिडोर खोल्नुपर्ने माग राजधानीमा बढ्न थालेको छ ।
टुकुचा महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । यसैले टुकुचा कोरिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । कोरिडोर बनिसकेपछि त्यसमा दुई पाङ्ग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठूला सडकमा सवारी जाममा कमी आउनसकने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ ।