

जनकपुरधाम ।
जनकपुरधाम क्षेत्रमा सबैभन्दा बढी विद्यार्थी पढने मोडेल कलेजमा आज लिफ्टको पनि जडान भएको छ । १० तल्ले भवनमा दूईवटा लिफ्ट राखिएको छ । ओटिसी कम्पनीको लिफ्ट जडान गरिएको जानकारी मोडेल कलेजका संस्थापक वीरेन्द्र साहले दिएका छन् ।
लिफ्टका लागि संसारको सबैभन्दा ठूलो कम्पनी ओटिसी रहेको छ । कलेजमा एक करोडको लागतमा लिफ्टको जडान भएको छ । एउटा लिफ्टमा १३ जना र अर्को लिफ्टमा ६ जना चढने सुविधा रहेको छ ।
मोडेलमा ९ कक्षादेखि १२ कक्षासम्मको पढाइ हुन्छ । ११–१२ को साइन्स म्यानेजमेन्ट, लाँ, वीवीएस, वीएससी माइक्रोबायोलोजी, वीवीए, एमवीए,एमवीएस, एचए, वीसीए एमएलटीको पढाइ हुन्छ । वीआइटी, वीइ कम्प्युटर, वीइ सिभिल, विएएलएलवी (पाँच वर्षे) सम्बन्धनको प्रकृयामा रहेको छ ।
मोडेल कलेजको स्थापना २०५५ सालमा भएको थियो । आधुनिक सुविधा सम्पन्न सो कलेज पढाइको दृष्टिले पनि देशकै नाम चलेको कलेजमा चर्चित रहेको छ ।
लिफ्ट चालु भएपछि विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।


