Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वीरगञ्ज र बाराका चारजना ब्राउन सुगरसहित पक्राउ





वीरगञ्ज ।
भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूको पहिचान वीरगञ्ज महानगरपालिका वडा नं १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका रामकिशोर साह कानु र पर्साको रामटोलका राजेश प्रसाद यादवको रूपमा गरिएको छ ।
चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ ।
यसअघि पनि सो क्षेत्रमा मादक पदार्थसहितको तस्करीको घटना सार्वजनिक भइसकेको छ । स्म्याक र ब्राउन सुगरको कारोबार तथा तस्करीका घटनाका कारण यो क्षेत्र बदनाम रहेको छ । तर, हालै आएका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा लगातार कारबाहीहरू भइरहेका छन्, जसले अपराधीहरूमाझ त्रास फैलाएको छ ।