

काठमाडौंँ ।
सडक दुर्घटनाका कारण कमेडियन हिक्मत महराको निधन भएको हो । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएर लोक प्रिय भएका ३० वर्षीय हिक्मत मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा मोटरसाईकल दुर्घटनामा परेका हुन् । उनले मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।
गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले सामाजिक सञ्जालबाट उनको निधनमा श्रद्धाञ्जली दिएका छन् ।
