

काठमाडौँ ।
हालै राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली पाईएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्ने ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
