Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षकले राजनीति गर्न हुँदैन, निजी विद्यालयले व्यापार गर्न मिल्दैन : केदारभक्त माथेमा





काठमाडौ ।

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले शिक्षकले राजनीतिमा लाग्दै शैक्षिक गुणस्तरमा असर परेको बताएका छन् ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माथेमाले शिक्षकले राजनीति गर्न नहुने बताएका हुन् । ‘शिक्षामा राजनीति भयो । यसले विद्यालयको क्षमतामा असर गरेको छ । चुनावमा जाने हो भने शिक्षक त्यागेर जानुपर्छ’, उनले भने ।

सार्वजनिक विद्यालयका शिक्षकको तलब सेवा सुविधा भएर पनि शिक्षकको ‘पर्फमेन्स’ राम्रो नरहेको उनले बताए ।

निजीमा विद्यार्थी बढिरहेको र सामुदायिकको गुणस्तरीय खस्किनुको कारण राजनीति भएको उनले टिप्पणी गरे । संविधानमा समाजवाद उन्मुख भनिरहेको बेला निजीलाई के गर्ने भन्ने प्रश्न उनले गरे । ‘प्राइभेट स्कुललाई व्यापार गर्न दिने कि नदिने ?,’ उनले प्रश्न गरे ।

विद्यालय ट्रस्टबाट चलाउनु पर्ने धारणा उनले राखे । सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई बलियो अनाउनु पर्ने उनको भनाइ छ । विद्यालय शिक्षा विधेयकमा समितिले विज्ञसँग राय सुझाव लिइ रहेको छ ।