Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा





एजेन्सी ।
दक्षिण कोरियाली प्रहरीले राष्ट्रपतिको कार्यालयमा छापा मारेको छ । मार्सल लको प्रयासलाई लिएर प्रहरीले राष्ट्रपति कार्यालयमा छापा मारेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति र उनका सहयोगीहरूमध्ये धेरैलाई यात्रा प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति युनले यो प्रयासका लागि माफी मागेका छन् तर आफूलाई राजीनामा दिन बढ्दो आह्वानलाई स्वीकार गरेका छैनन् ।
गत साता राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास असफल भएको थियो । तर, विपक्षीहरूले अर्को महाभियोग मतदान गर्ने तयारी गरेका छन् । युनलाई पद छोड्न दबाब बढिरहेको छ । प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् र राष्ट्रपतिलाई हटाउन माग गर्दै सोलमा हडताल गरेका छन्।
पूर्वरक्षामन्त्री किम योङ ह्युनले हिरासतमै आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाको न्याय मन्त्रालयले जनाएको छ । किमले हिजोराति आत्महत्या गर्ने प्रयास गरेका हुन् । उनलाई हाल गार्डिङ कोठामा राखिएको छ ।
किमले कथित रूपमा राष्ट्रपतिलाई मार्शल ल घोषणाको प्रस्ताव गरेका थिए । त्यसको पूर्ण जिम्मेवारी आफूले लिएको भन्दै उनले गत बिहीबार राजीनामा दिएका थिए ।