Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

क्लोथ बैंकद्वारा न्यानो लुगा वितरण





जनकपुरधाम ।
क्लोथ बैंक नेपालले गरिब तथा विपन्न परिवारका सदस्यलाई न्यानो लुगा वितरण गरेको छ ।
जनकपुरधामस्थित ओरेक नेपालद्वारा सञ्चालित सेफ हाउसका महिला हिंसा पीडितलाई १४ थान जाडोको नयाँ लुगा प्रदान गरिएको क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झाले बताए । उनका अनुसार स्थानीय विजय मलिकको छोराको मुन्डन कार्यक्रममा बच्चा र परिवारका सदस्यलाई १० थान जाडोका लुगा वितरण गरिएको हो ।
त्यस्तै, जनकपुरधाम–६ मा रहेको अलजामिया अलतुल हन्फी अलतुल गोसिया मदरसामा अध्ययनरत विपन्न बालबालिकालाई ४० थान ज्याकेट वितरण गरिएको छ । दाता साबिर हुसेन, उनका भाइ जुल्फिकार हुसेन र डा. विपिन झाको सहयोगमा उपलब्ध गराइएका ती ज्याकेट क्लोथ बैंक नेपाल धनुषाले हस्तान्तरण गरेको थियो ।
क्लोथ नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिलाई नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ । क्लोथ बैंक नेपाल धनुषाले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।