Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

क्लोथ बैंकद्वारा न्यानो लुगा वितरण





जनकपुरधाम ।
क्लोथ बैंक नेपालले गरिब तथा विपन्न परिवारका सदस्यलाई न्यानो लुगा वितरण गरेको छ ।
जनकपुरधामस्थित ओरेक नेपालद्वारा सञ्चालित सेफ हाउसका महिला हिंसा पीडितलाई १४ थान जाडोको नयाँ लुगा प्रदान गरिएको क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झाले बताए । उनका अनुसार स्थानीय विजय मलिकको छोराको मुन्डन कार्यक्रममा बच्चा र परिवारका सदस्यलाई १० थान जाडोका लुगा वितरण गरिएको हो ।
त्यस्तै, जनकपुरधाम–६ मा रहेको अलजामिया अलतुल हन्फी अलतुल गोसिया मदरसामा अध्ययनरत विपन्न बालबालिकालाई ४० थान ज्याकेट वितरण गरिएको छ । दाता साबिर हुसेन, उनका भाइ जुल्फिकार हुसेन र डा. विपिन झाको सहयोगमा उपलब्ध गराइएका ती ज्याकेट क्लोथ बैंक नेपाल धनुषाले हस्तान्तरण गरेको थियो ।
क्लोथ नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिलाई नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ । क्लोथ बैंक नेपाल धनुषाले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।