Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विज्ञप्ति बुझेको विषयमा वीरगंजको ठाकुरराम क्याम्पसमा विवाद

क्याम्पस प्रमुखको राजिनामा माग





जनकपुरधाम ।
वीरगञ्जको ठाकुरराम बहुमुखी क्यम्पसमा फेरी अर्को विवाद चुलिएको छ । विज्ञप्ती बुझाउने विषयलाई लिएर विवाद चुलिएको हो । ने.वि संघ ठाकुराम इकाई समिति हुँदाहुँदै जिल्लाको ठाडो हस्तक्षेपमा सुनियोजित रुपमा विज्ञप्ति दिएको संयुक्त विद्यार्थी संगठनको बुझाई छ ।
ने.वि.संघका जिल्ला अध्यक्ष रमेश यादवले दिएको विज्ञप्ति इकाई अध्यक्षले दिनुपर्ने हो तर विज्ञप्ति जिल्लाका नेताले दिएको कारण संयुक्त विद्यार्थी संगठनले विरोध जनाएको छ । यस्तो नियम कतै छैन तर पनि नेवि संघका जिल्ला अध्यक्ष यादव र क्याम्पस प्रमुख रंजित प्रसाद यादवको मिलोमतोमा नियम विपरित विज्ञप्ति बुझाउने र बुझिलिने कार्य भएको अखिल (क्रान्तिकारी) का अध्यक्ष अनिस पटेलको भनाई छ । विज्ञप्तिको विषयमा क्याम्पस प्रमुख यादवलाई बुझ्न जाँदा उनले विद्यार्थीहरुको कुनै पनि कुरा नसुनेको पटेलको दावी छ ।
संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुख यादवले बाहिरी गुण्डा बोलाएर क्याम्पसलाई झन विवादित बनाउन खोजेको आरोप लगाएका छन् । अखिल नेपाल, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी युनियन नेपाल, विद्यार्थी नेता प्रहलाद दास, रुपेश साह, ईम्तियाज हुसैन लगायतले हिजो एक संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यसको विरोध गरेका छन् ।
कर्मचारी संघले क्याम्पसमा लगाएको ताल्चा खोल्न र क्याम्पस प्रमुख यादवले राजिनामा दिनुपर्ने माग संयुक्त विज्ञप्ति मार्फत गरिएको छ । माग पुरा नभए कडा आन्दोलनको बाटो रोज्न विद्यार्थीहरु बाध्य हुने चेतावनी संयुक्त विद्यार्थी संगठनले दिएको छ ।