Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन





काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् ।

समितिमा मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । यसैगरी पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधि प्रभावकारी बनाउन सल्लाह दिनेछ ।

‘उहाँको विज्ञताले मन्त्रालयको कामलाई अझै प्रभावकारी बनाउनेछ’, पौडेलले भने, ‘उहाँहरूको साथ, सहयोग, सुझावलाई लिएर अगाडि बढ्नेछु ।’