Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरे





काठमाडौं ।

नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरेको छ ।

स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै खुला सीमाका कारण भइरहेको अनधिकृत आयात रोक्न संघले माग गरेको हो ।

‘‍… गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौज्दात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराउँदछौं,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।

खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको संघले जनाएको छ ।

चालु सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पर्न गई चिनी उद्योगहरू थप संकटमा पर्न जाने संघको भनाइ छ ।