Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामका उपमेयर किशोरी साह भन्नुहुन्छ – नगरपालिकामा मेरो भूमिका पनि सर्वसाधारण जस्तै छन्

‘म चाहन्छु जनकपुरधाम उपमहानगरपालिकामा मेयर उपमेयर विवादको समाचार नबनोस तर मलाइ बाइपास गरेर सञ्चारमाध्यममा बोल्न बाध्य पारिरहेको छ’





 

जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले नगरपालिकामा मेरो भूमिका पनि सर्वसाधारण जस्तै छन् बताउनु भएको छ । मैले सिफारिस गरेको सबै योजनालाई बाइपास गरेको समेत आरोप लगाउनु भएको छ ।
मोडेल खबरसँग कुरा गर्दै उपमेयर साहले उपमेयरको सिफारिस चल्दैन भन्नु
परियो नत्र हाम्रो पनि साथी भाइ छन् पार्टीका साथीहरु छन् उनीहरुले भन्दा सिफारिस गर्नैपर्छ । एकप्रश्नको जबाफमा उहाँले यो प्रश्न मैले मेयरसँग गर्दा उ मौन भइहाल्छन् विभिन्न बहाना बनाउन थाल्छन् । अब यो बहाना चल्दैन बताउनुभयो ।
‘म चाहन्छु जनकपुरधाम उपमहानगरपालिकामा मेयर उपमेयर विवादको समाचार नबनोस तर मलाइ बाइपास गरेर सञ्चारमाध्यममा बोल्न बाध्य पारिरहेको छ,’ उहाँले बताउनुभयो ।
उपमेयर किशोरी साहसँगको सम्पूर्ण कुराकानी मा https://www.youtube.com/@ModelKhabar हेर्न सकिन्छ । केहीबेरमा हेर्न नभुल्नुहोला ।