Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाले खोज्यो बीआरआई फ्रेमवर्कमा चीनसँगको पारदर्शिता





काठमाडौं ।
अमेरिकी जो बाइडन प्रशासनका सहायक मन्त्री डोनाल्ड लुले दक्षिण तथा मध्य एसियाली देशका लागि आफ्नो कार्यकाल सकिनुअघि भारत, श्रीलंका र नेपाल भ्रमण गरे । त्यही भ्रमण समानका क्रममा चीनसँग जोडेर बीआरआई फ्रेमर्वकमा पारदर्शिता खोजेका हुन् । लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाएका हुन् । उनले नेपालसँग आफ्नो देशले एमसिसी सम्झौता गर्दा पारदर्शिता अपनाएको प्रसंग पनि जोडेर बीआरआईको दस्तावेज चाहिँ किन पारदर्शी नभएको भन्ने टिप्पणी अप्रत्यक्ष रुपमा गरे ।
नेपाल–चीन बढ्दो निकटतालाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा लुले थपे, ‘हामी नेपाललाई सबल राष्ट्रका रुपमा देख्न चाहन्छौं, ता कि यसले कुनै पनि देशको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र निर्णय लिन सकोस् । नेपालले अमेरिका, भारत, चीन, टर्की, जापान, कोरिया, पाकिस्तान सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । राखोस् पनि ।’
लुको जवाफलाई अघिल्लो साता नेपालस्थित अमेरिकी दूतावासले गरेका सातवटा ट्वीट थ्रेडसँग जोडेर हेर्नुपर्ने हुन्छ, जहाँ अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे प्रसंग छन् । त्यस्तै सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा अमेरिकी दुतावासले लेखेको हो । लुको टिप्पणी त्यसैको निरन्तरतामा आएको देखिन्छ ।
अघिल्लो साता नेपाल र चीनले सबैलाई चकित पार्दै संयुक्त वक्तव्य, अनि सबै समझदारीपत्रको समापनपछि अलग्गै सम्झौता गरेर बीआरआई फ्रेमवर्क सम्झौता टुंग्याएका थिए ।
लुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न नपाएमा उनका मुख्य सल्लाहकार विष्णु रिमाललाई सोमबार भेटे । त्यसअघि आइतबार उनले तत्कालिन प्रधानमनत्री र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्का थिए । सोमबार प्रधानमन्त्रीका विकास सल्लाहकार युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेललाइ भेटेका लुले दुईदिने भ्रमण टुंग्याएर राति नै अमेरिका फर्केका हुन् ।