

एजेन्सी ।
सिरियाली सञ्चारमाध्यमका अनुसार इजरायलले सिरियाको राजधानी दमास्कसलगायत देशका विभिन्न क्षेत्रमा अवस्थित धेरै सैन्य अखडामा दर्जनौँ हवाई हमला गरेको छ ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले सिरियाली सैन्य लक्ष्यमा सयभन्दा बढी आक्रमण भएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले रासायनिक हतियार उत्पादन गर्ने संदिग्ध अनुसन्धान केन्द्रमा पनि आक्रमण गरेको छ ।
इजरायलले असद सरकारको पतन पछि “हतियारहरू अतिवादीहरूको हातमा पर्न नदिन“ आक्रमण गरिरहेको बताएको छ ।
