

जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ मधेसको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदकालागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा नवलकिशोर यादव, अवधेश झा र श्याम बन्जाराले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपाध्यक्षमा उपेन्द्रकुमार यादव, जयनारायण प्रसाद यादव, अम्बिका कुमारी दाहाल र विश्वनाथ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । महिला उपाध्यक्षमा ज्योती झा, हेमकुमारी बराल र रिंकु कुमारी दासले उम्मेदवारी दर्ता गराएका हुन्, त्यस्तै महासचिवमा राजन सिंह र शैलेन्द्र महतो क्रान्तिले उम्मेदवारी दर्ता गराएका हुन् ।
सचिवमा रामहृदय यादव, सत्यप्रकाश यादव, गिरिराज ओली, दीपककुमार गौतम र नविनकुमार नवलले उम्मेदवारी दर्ता गराएका हुन् ।
समावेशी सचिवमा दीपककुमार मिश्र, जयन्त ठाकुर, हदिस खुद्दार र राकेशकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर मोडेलखबरका समाचार संयोजक हुन् । त्यस्तै कोषाध्यक्षमा अकुलप्रसाद साह, शिवकुमार साह र अनिल गौरतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै सदस्यहरुमा त्रीलोकीनाथ यादव, मिथुन साह, युवराज खडका, शैलेन्द्र झा, नविन मिश्र (प्रियदर्शी), अजयकुमार साह, मुसहरु एम महतो र संजीवकुमार मिश्रले उम्मेदवारी दर्ता गराएका हुन् ।
म्हिला सदस्यमा प्रतिभा झा, सुनिताकुमारी महतो, सविता चालिसे र सविता अर्याल, दलित सदस्यमा विनोद परियार र रामएकवाल महरा, मधेसी सदस्यमा नविन सिंह, बृजमोहन कुश्वाहा, जीवनारायण झा र रामभरोसी यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
अल्पसंख्यक सदस्यमा अनवर अहमद र साजीर मंसुरले उम्मेदवारी दर्ता गराएका छन् ।
