Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतका अध्यक्ष राउतले दिएको सम्बन्ध बिच्छेदको मुद्दा मेलमिलापमा पठाउने आदेश





काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दालाई मेलमिलापमा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उक्त मुद्दामाथि सुनुवाइ गर्दै मेलमिलापमा पठाउने आदेश गरेको हो । सीके राउतकी श्रीमती सोनीको तर्फबाट कानून व्यवसायीले राउतको जग्गा जमिनसहित सम्पत्ति विवरण मगाउन इजलास समक्ष माग गरेका थिए ।
२०८१ भदौ १२ गते राउतले श्रीमती सोनी सिन्धु रानीलाई प्रतिवादी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेका थिए । ‘सन्तान समेत आफूसँगै राख्न पाउने गरी अंश दिलाई सम्बन्धविच्छेद गराईपाऊँ’ भन्ने उनको माग दाबी थियो ।
तर, उनकी श्रीमती सोनीले आफूले समबन्धविच्छेद नचाहेको भन्दै प्रत्युत्तर दिएकी थिइन् । गत कात्तिक २५ गते र मंसिर ९ गते न्यायाधीश पुनाराम खनालको इजलासमा उक्त मुद्दाको पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । तर, आइतबार भने १३ औं नम्बरमा पेशी सूचीमा रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै मेलमिलापका लागि पठाउने आदेश भएको हो ।