Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दुई दिन लगातार घटेको सूनको मूल्य आज बढ्यो





काठमाडौँ ।
दुईदिन लगातार घटेको सुनको मूल्य आज केही बढेको छ । चाँदीको मूल्य भने आज घटबढ् भएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चारसय रुपैयाँ घटेर आज एक लाख ५० हजार एकसय रुपैयाँ पुगेको छ । आइतबार तोलामा चारसय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो । त्यसअघि गएको शुक्रबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो । अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमै यथावत छ । हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य प्रतितोला २१ हजार भन्दा धेरै घटिसकेको छ ।