Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गढीमाईमा ५ हजार रांगाको बली दिइयो, आज बोका बली दिइने





जनकपुरधाम ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ बरियारपुरमा लागिरहेको पञ्चवर्षीय ऐतिहासिक गढीमाई मेलामा आज बोका, खसी, हाँस, कुखुरा लगायतका बलि दिईदै छ ।
आइतबारबाट शुरु भएको राँगा बलि आज पनि जारी छ । अहिलेसम्म ५५ सय भन्दा बढी राँगाको बलि दिईएको मेला मुल ब्यवस्थापन समितिका महासचिव विरेन्द्र यादवले जानाकरी दिए ।
मेलामा करिब ११ हजार भन्दा बढी राँगा बली चढाइने अनुमान भएपनि यस वर्ष बलीको संख्या घटेको उनको भनाई छ । भारतबाट आउने दर्शनार्थी र तिर्थालुलाई बलीका लागि ल्याइएका ५ हजार भन्दा बढी राँगा भारतीय एसएसबीले नाकामै रोकिदिएका कारण अनुमान पुरा हुन समस्या देखिएको छ । तर आज पनि दर्शानार्थीहरुले जसोतसो राँगा ल्याईरहेका कारण राँगा बलिको संख्या बढ्न सक्ने यादवको कथन छ ।
बलीका लागि विश्वप्रसिद्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको गढीमाई मेलामा आज बोका, खसी, हाँस, कुखुरा, परेवा लगायतको बली दिईदै छ । २ लाख भन्दा बढी बलि चढ्ने मेला मुल व्यवस्थापन समितिको अनुमान छ ।
पञ्चवर्षिय गढीमाई मेलामा बली दिँदा भाकल पुरा हुने जनविश्वासको आधारमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट बलीका लागि यहाँ भक्तजनहरु पुग्ने गरेका छन् ।