Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राम मन्दिरबाट जानकी मन्दिर पठाइयो चतुर्थीको भार





जनकपुरधाम ।
सीताराम विवाह सम्पन्न भएपछि पठाइने चतुर्थीको भार जानकी मन्दिर पठाइएको छ । मिथिलाञ्चलमा बिहे भएपछि बेहुलाको घरबाट बेहुलीलाई चतुर्थीको भार पठाउने परम्परा रहेको छ । सोही परम्परा अनुसार राम मन्दिरबाट जानकी मन्दिरमा चतुर्थीको भार पठाइएको हो । भारमा विभिन्न खाद्यान्नका साथै मिठाई लगायतका सामाग्री पठाइएको हो । भार लिएर राम मन्दिरका महन्थ राम गिरी आफै जानकी मन्दिर पुगेका थिए । जानकी मन्दिरमा उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले अतिथि सत्कार गरेका थिए ।